बैंकहरुलाई चुनौति दिँदै छिमेक लघुवित्त, ६ महिनाको नाफा ४८.१६ करोड

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४८ करोड १६ लाख खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७५ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा छिमेकले ३९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा सुधार आएपछि कम्पनीको नाफा बढेको हो ।

यस अवधिमा लघुवित्तले १७ अर्ब २७ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ४ अर्ब ८४ करोड बराबर सापट लिएको छ । जसबाट ९८ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ छ । कम्पनीको चुक्ता पूँजी ५० प्रतिशतले बढ्दा जगेडामा २.२० प्रतिशतले कमी आएको छ । कम्पनीले गत आर्थिक बर्षको कमाईबाट २७ प्रतिशत बोनस र १७ प्रतिशत नगद वितरण गरेको थियो।

कम्पनीको खराब कर्जा भने ०.२३ प्रतिशत बाट समान्य बढेर ०.३५ प्रतिशत पुगेको छ । जसको प्रतिशेयर आम्दानी ६४ रुपैयाँ २२ पैसा रहेको छिमेकको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७९ पैसा छ ।