नवकिरण लघुवित्तको साधारण सभा आह्वान

0
Shares

भर्खरै खुलेको नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १७ गते हार्दिक होटल बागबजार, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

साधारण सभामा अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिबाट गठित मर्जर तथा प्राप्ति उप समितिले गरेका निर्णय अनुमोदन गरी समर्थन प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

यसैगरि अन्य प्रस्तावहरुमा समूह संस्थापक शेयरधनीको तर्फबाट ४ जना सञ्चालक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका छन् ।