युट्युबले एक वर्षमै कमायो नेपालको वार्षिक बजेटभन्दा पनि धेरै नाफा

0
Shares

युट्युबको एक वर्षमा नेपालको वार्षिक बजेटभन्दा पनि धेरै मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गुगलको मातृ कम्पनी अल्फाबेटले सार्वजनिक गरेको सन् २०१९ को चौथो त्रैमासिकको रिपोर्ट अनुसार १५ अर्ब डलर आम्दानी गरेको हो। युट्युब विश्वकै लोकप्रिय भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म हो।

सन् २०१९ मा गुगलले १ खर्ब ६१ अर्ब ८५ करोड डलर आम्दानी गरेकोमध्ये भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबबाट नै १५ अर्ब १५ करोड डलर रकम आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ। सन् २०१८ मा युट्युबबाट गुगले ११ अर्ब १५ करोड डलर आम्दानी गरेको थियो।

युट्युबमा युट्युब म्युजिक र युट्युब प्रिमियमका सशुल्क सब्सक्राइबरको संख्या २ करोड छ ।