साना किसान लघुवित्तको नाफा र जगेडामा बढोत्तरी

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था (SKBBL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासम्ममा ३० करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत वर्षको यसै अवधिको तुलनामा २६.१७ प्रतिशतले बढी हो।

गत वर्षको पुसमसान्तसम्म संस्थाले २३ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो। सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढेको हो।

समीक्षा अवधिमा संस्थाले १९ अर्ब ४३ करोड रुपैयाँ सापटी लिई २१ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट संस्थाले ५३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४४ करोड ५९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।

संस्थाको चुक्तापुँजी १ अर्ब २ लाख रुपैयाँ पुगेको छ । जगेडा कोष २१.५८ प्रतिशतले बढेर १ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी ६०.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.४२ गुणा छ । लघुवित्तको निष्क्रिय कर्जा ०.०४ प्रतिशतबाट बढेर ०.६६ प्रतिशत पुगेको छ।