कैलाशले नाफा ७ प्रतिशतले बढाउँदा अन्य सूचकमा यस्तो छ प्रगति

0
Shares

कैलाश विकास बैंक (KBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.१८ प्रतिशतले बढाएर ३१ करोड ५१ लाख ४१ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको वितरण योग्य मुनाफा २३ करोड २६ लाख ४० हजार रुपैयाँ छ। चुक्ता पूँजी २ अर्ब ९२ करोड ३९ लाख ३७ हजार रुपैयाँ रुपैयाँ रहेको बैंकका वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६२ पैसा कायम भएको छ। गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस बाँडेको बैंकको पूँजीवृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा प्रतिशेयर आम्दानी भने १ रुपैयाँ ७७ पैसा घटेको हो।

जगेडा कोष करिब ८ करोड बढाएर ८८ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३८.२७ रुपैयाँ छ। बैंकको शेयरधनी कोषमा २३ करोड ५१ लाख रुपैयाँ रहेको छ।

यस बैंकले ३१ अर्ब ४३ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ५५ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरि ७३ करोड ८३ लाख ०४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० करोड ७७ लाख रुपैयाँले बढेको हो। बैंकको सञ्चालन नाफा पनि ३ करोड १४ लाख रुपैयाँ बढेर ४५ करोड २ लाख रुपैयाँ पुगेको छ।

बैंकको पूँजीकोष अनुपात १४.१४ प्रतिशत, खराब कर्जा अनुपात ०.३७ प्रतिशत, कोषको लागत ८.७५ प्रतिशत, आधार ब्याजदर ११.२६ प्रतिशत र स्प्रेडदर ४.५८ प्रतिशत रहेको छ।

प्राइम कमर्सियल बैंक लिमिटेडसँग प्राप्तीमा जाने सम्झौता (गत असार २२ गते) गरि अन्तिम चरणमा रहेको बैंकको शेयर कारोबार हाल दोस्रो बजारमा रोक्का रहेको छ। बैंक ९४ शेयर स्वाप रेसियोमा विलय हुन लागेको हो।