बिद्युत बिक्रीको आम्दानी बढेपछि सानिमा माई हाइड्रोको नाफा बढ्यो

0
Shares

सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको विद्युत बिक्री आय बढेपछि नाफा बढेको हो।

पुसमसान्तसम्म सानिमाले २८ करोड ७९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २५.३६ प्रतिशतले बढी हो । गत वर्ष यसैअवधिमा सानिमा माईले २२ करोड ९६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्रीको आय बढेर ५२ करोड ७६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले विद्युत बिक्रीबाट ४७ करोड ४७ लाख ८३ हजार रुपैयाँ कमाएको थियो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड छ । गतबर्षको दश प्रतिशत बोनस पूँजीकृत हुन बाँकी छ। कम्पनीको जगेडा कोषमा २ लाख ४१ हजार रुपैयाँ तथा रिटेन्ड अर्निङमा ३ अर्ब १४ करोड ५० लाख छ ।

हाइड्रोको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४० पैसा, प्रतिशेयर १३५ रुपैयाँ ५ पैसा छ ।