एकैदिन तीन अर्ब बढीको कारोबार हुँदा बन्यो नयाँ रेकर्ड, अझै बाँकी छ कारोबार समय

0
Shares

शेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । फागुन ११ गते आइतबार नेप्से बन्द हुन ४० मिनेट अगावै कारोबार रकम तीन अर्ब माथि पुगेको छ ।

बजार बन्द हुन ४० मिनेट बाँकी रहदा नेप्सेमा १७७ कम्पनीको ३ अर्ब बढीको शेयर किनबेच भएको छ । कारोबारमा आएका सबै समूहको सूचक बढ्दा नेप्से सूचक समेत १५ सय अंक नजिक पुगेको छ ।

यसदिन कारोबारमा एनएमबि बैंकले अग्रता लिएको छ । आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका १७७ मध्ये १३७ कम्पनीको शेयरमूल्य बढेको छ भने २५ कम्पनीको मात्र शेयरमूल्य समान्य घटेको छ।

यस अघि गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा एकैदिन २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो।

बजारमा नयाँ लगानीकर्ताको प्रवेश तथा संस्थागत लगानीकर्ताले लगानी बढाउँदा शेयर कारोबार उच्च भएको छ । शेयरको माग बढ्दै जाँदा नेप्से सूचकमा समेत उच्च सुधार आउन थालेको छ ।