भारतीय शेयर बजार घट्ने क्रम जारी

0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको भ्रमण गरीरहेको समयमा भारतको शेयर बजार भने निरन्तर ओरालो लागेको छ ।

सोमबार ८ सय भन्दा धेरै घटेको बम्बई स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्स मंगलबार पनि ८२ अंकले घटेको छ ।

मंगलबार बम्बई स्टक एक्सचेन्ज(विएसइ) सेन्सेक्स ८२ र नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी १६ अंकले घटेका छन् ।

मंगलबार भारतीय शेयर बजारमा कारोबार सुरु हुँदा सकारात्मक भएपनि धेरै समय टिक्न सकेन । मंगलबार सेन्सेन्स ८२ अंकले घटेर ४०२८१.२० अंकमा पुगेको छ भने निफ्टी १६.२० अंकले घटेर ११८१३.२० अंकमा झरेको छ ।

मंगलबार सेन्सेक्समा सूचिकृत ३० कम्पनी मध्ये धेरैको शेयर मूल्य सकारात्मक भएपनि त्यसको प्रभाव समग्र परिसूचकमा पर्न सकेन ।