शेयर बजारमा नकारात्मक सर्किट, कारोबार स्थगित

0
Shares

बुलिस गतिमा रहेको शेयर बजारमा एकाएक ओरालो लाग्ने क्रममा सोमबारको बजारमा नकारात्मक सर्किट लागको छ । नेप्से सूचक ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो।

सबै कम्पनीहरुको शेयर मूल्यमा ठूलो गिरावट आएपछि नेप्से सूचक घटेको हो । सूचक ७९.५७ अंक अर्थात ५ प्रतिशतले घटेपछि सर्किट लागेको हो। अब फेरि बजार खुल्दा थप एक प्रतिशतले बजार घटेमा आज दिनभरका लागि कारोबार बन्द हुनेछ ।

नेप्से १५११ विन्दुमा झरेको छ भने १२ बजेर ४६ मिनेटमा बजार बन्द हुँदा एक अर्ब ९८ करोडको कारोबार भएको छ । १२ बजेर ४६ मिनेट जादा बन्द भएको बजार एक बजेर २६ मिनेट पुगेपछि खुल्नेछ ।

कारोबार खुलेदेखि नै लगातार घटेको बजारमा १५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ।

प्रकाशित मिति: १९ फागुन २०७६, सोमबार  १३ : ०९ बजे