नेपाल भ्रमण वर्ष २०२० स्थगित, सन् २०२२ लाई घोषणा गर्ने प्रस्ताव

नेपाल भ्रमण वर्ष २०२० स्थगित, सन् २०२२ लाई घोषणा गर्ने प्रस्ताव

विश्वभरी फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बसेको मन्त्रिपरिषदको बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो।

चीनबाट विश्वभरी फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणको प्रभावलाई ध्यानमा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेर सन् २०२२ लाई घोषणा गर्ने प्रस्ताव राखेका थिए।

पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामासंस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा बसेको बैठकले आइतबार नै नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट भ्रमण वर्षको मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १९ फागुन २०७६, सोमबार १५ : ०७ बजे