व्यवसाय गर्न व्यक्तीगत रुपमा पनि विदेश बाट ऋण लिन सकिने

0
Shares

नेपाली नागरिक, फर्म तथा सस्ंथाले व्यवसाय संचालन वा विस्तार गर्न विदेशबाट कर्जा लिन पाउने भएका छन् ।  केन्द्रीय बैंकको अनुमति लिएर भारत तथा अन्य मुलुकबाट  कर्जा ल्याउन पाउने व्यवस्था गरिएको हो।

विदेशबाट कर्जा लिन चाहाने नागरिक, फर्म तथा सस्ंथाले केन्द्रीय बैंकको पूर्व स्वीकृति लिई भारतबाट भा.रु. १० करोडसम्म र अन्य मुलुकबाट अमेरिकी डलर १० लाखसम्म कम्तिमा ३ वर्ष अवधिको लागि सहुलियतपूर्ण व्याज वा विना ब्याजमा ऋण÷सापटी लिन पाउने व्यवस्था गरेको केन्द्रिय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले विदेशी संस्थाहरु तथा गैर आवासीय नेपालीहरुबाट निक्षेप संकलन गर्न सक्ने व्यवस्थामा पुनरावलोकन गरी दायरा थप फराकिलो बनाइने व्यवस्था समेत अर्धबार्षिक समीक्षाले गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको अद्र्ध–वार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले स्थापना गरी संचालनमा ल्याएको वास्तविक समयको भुक्तानी प्रणालीमा वाणिज्य बैंकहरु आवद्घ भैसकेको सन्दर्भमा सबै विकास बैंक र सबै वित्त कम्पनीलाई समेत उक्त प्रणालीमा आवद्घ गरी ठूलो मूल्य तथा जरुरी भुक्तानी सम्बन्धी कार्यलाई थप सहज बनाउने व्यवस्था गरेको छ ।