बैंकहरुको निक्षेप वृद्धि अति सुस्त, फागुन सुरु भएयता २ अर्ब मात्रै थपियो

0
Shares

वाणिज्य बैंकहरुको निक्षेप वृद्धि अति सुस्त देखिएको छ भने निक्षेप बढ्न नसक्दा कर्जा विस्तार पनि खुम्चिदै गएको छ ।

फागुन महिना लागेपछि बैंकहरुमा निक्षेप वृद्धि प्राय ठप्प छ । फागुनको पहिलो साता ३ अर्ब निक्षेप घटेकोमा दोस्रो साता ३ अर्ब निक्षेप थपिएको थियो । यस्तै तेस्रो साता पनि बैंकहरुमा २ अर्ब मात्र निक्षेप थपिएको छ ।

यस्तै फागुन पहिलो साता एक अर्ब कर्जा घट्दा दोस्रो साता कर्जा विस्तार चार अर्बले बढेकोमा तेस्रो साता ६ अर्ब कर्जा विस्तार भएको छ । फागुन सुरु भएयता बैंकहरुको निक्षेप जम्मा २ अर्बले बढेको छ भने कर्जा ९ अर्बले बढेको छ।

चालु आर्थिक वर्ष सुरु भएयता बैंकहरुले निक्षेप संकलनको तुलनामा ७१ अर्ब रुपैयाँ बढीले कर्जा विस्तार गरेका छन् । यसअवधिमा वाणिज्य बैंकहरुमा १ खर्ब ९० अर्ब निक्षेप थपिदा २ खर्ब ६१ अर्ब कर्जा परिचालन गरेका छन् ।

फागुन तेस्रो साता अर्थात १६ गतेसम्म वाणिज्य बैकहरुमा ३० खर्ब ६८ अर्ब निक्षेप रहेकोमा २७ खर्ब ५९ अर्ब कर्जा परिचालन गरेका छन् ।