ग्लोबल आईएमई बैंकद्वारा दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग

0
Shares


ग्लोबल आइएमई बैंक (GBIME) ले पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग उपलब्ध गराएको जनाएको छ ।

उक्त सामाग्रीहरु पर्वत जिल्लाको संघीय सांसद पदम गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।