बैंक अफ काठमाण्डूको ‘बिओके सफलता मुद्दती खाता’ सार्वजनिक

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले ‘BOK सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ ।

“सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहकले ११ लाख सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५% ब्याजदरको सुबिधाको उपयोग गर्न सक्ने बैंकले जनाएको छ।

उक्त मुद्दती खाता २५ हजार देखी नै खोल्न सकिने र ग्राहक महानुभावहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने बिश्वास बैंकले लिएको छ ।

साथै, बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख तथा औषधी उपचारको लागि १ लाखको बीमा सुबिधा अन्र्तगत बहिरंगको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजारसम्मको बीमा सुबिधाको उपयोग गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बीमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।