एनआईसि एशियाले नागरिक लगानी कोषको शेयर मूल्य घटाएर बिक्री गर्दै

0
Shares

एनआईसि एशिया बैंक (NICA) ले लिलामीमा राखेको नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री नभएपछि मूल्य घटाएर पुन: बिक्रीमा राखेको छ ।

बैंकले यसअघि प्रतिकित्ता २ हजार रुपैयाँमा बिक्रीमा राखेको शेयरको भाउ घटाएर प्रतिकित्ता १७ सय रुपैयाँ कायम गरेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको एक लाख ६६ हजार ३२ कित्ता शेयर लिलामी मार्फत बिक्रीमा राखेको छ ।

बैंकले गत फागुन १९ गते शेयर लिलामीको सूचना प्रकाशित गरेको थियो। शेयर लिलामीमा निष्काशन भएपश्चात दोस्रो बजारमा कोषको शेयर मूल्य घट्न थालेपछि लिलामीको शेयर बिक्री हुन नसकेपछि मूल्य घटाएर पुन: बिक्रीमा राखेको हो।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १७ सयरुपैयाँमा उक्त शेयर बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको हो। अहिले दोस्रो बजारमा नागरिक लगानी कोषको शेयर मूल्य प्रतिकित्ता २ हजार ६ सय २ रुपैयाँ रहेको छ ।

उक्त शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुले आवेदन दिन पाउने बिक्री प्रबन्धक एनआईसि एशिया क्यापिटलले जनाएको छ।

कम्पनीले कुल एक लाख ६६ हजार ३२ हजार कित्ता सेयर बिक्री गर्ने छ। यसको कुल न्यूनतम मूल्य २८ करोड २२ लाख ५४ हजार ४ सय रुपैयाँ हुने छ।

शेयर खरीदका लागि चैत्र २ गतेदेखि ९ गतेसम्म सात दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। न्यूनतम एक सय कित्ता तथा अधिकतम सबै शेयरका लागि आवेदन गर्न पाइनेछ । आवेदन परेको तीन दिनभित्र बाँडफाँड गरिने बिक्री प्रबन्धकले जानएको छ।