विमानस्थलको आकस्मिक छड्केमा पर्यटन मन्त्री योगेश भट्टराई (फोटो फिचर)

0
Shares

संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शनिबार त्रिभुवन विमानस्थलको आकस्मिक छड्के निरीक्षण गरेका छन् ।

विमानस्थलमा कोरोना सर्तकताका लागि गरिएका प्रयासहरुबारे उनले जानकारी लिएको मन्त्री भट्टराईका प्रेस संयोजक प्रेम गुरागाईले जानकारी दिए ।

अनुगमन क्रममा उनले स्वास्थ्य जाँच प्रणाली र अवस्थाबारे विमानस्थलको आन्तरिकतर्फ राखिएको स्वास्थ्य चेक जाँच कक्षाबारे जानकारी लिएका थिए ।

मन्त्री भट्टराइको विमानस्थल अनुगमन तस्विरमा हेर्नुहोस्

चीनमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि विभानस्थलमा विदेशबाट आउने यात्रुलाई कोभिड–१९ को स्वास्थ्य जाँच गरिरहेको छ । कोभिड–१९ को शङ्का लागेमा सरकारले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गर्दछ ।

विमानस्थलमा घरेलु र अन्तरराष्ट्रिय गरी चार ठाउँमा आउने जाने यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ ।