नेप्से १०७ अंकले घटेपनि कारोबार ५०%ले बढ्यो,नेपाल लाईफ पहिलो रोजाइमा

0
Shares

शेयर बजार सूचक मापक नेप्से सातामा १०७ दशमलव ५२ अंकले घटेपनि कारोबार रकम भने गत साताको तुलनामा ५०.२३ प्रतिशतले बढोत्तरी भएको छ।

आइतबार १ हजार ३७७ दशमलव १८ बिन्दुमा खुला भएको नेप्से अन्तिम दिन बिहीबार १ हजार २६९ दशमलव ६६ बिन्दुमा बन्द भएको छ। सातामा १ हजार ३१६ को उच्च बिन्दुमा पुगि १ हजार २५५ बिन्दुसम्म झरेको थियो।

यस साता १८६ कम्पनीको २ करोड २७ लाख १९ हजार कित्ता शेयर ९३ हजार १२१ पटक खरीद बिक्री हुँदा ८ अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस साता पाँचै कारोबार दिन शेयर कारोबार भयो।

गत साता १९७ कम्पनीका १ करोड ४० लाख ४८ हजार कित्ता शेयर ५५ हजार ६८१ पटकको संख्यामा खरीद बिक्री हुँदा ५ अर्ब ५० करोड ४४ लाख रुपैयाँ बराबरमा कारोबार भएको थियो। समीक्षा अवधिमा २ अर्ब ७६ करोड ५० लाख रुपैयाँले कारोबार रकम बढेको हो। यस साता दैनिक औसतमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।

नेपाल लाईफ पहिलो रोजाईमा

यस साता पनि लगानीकर्ताको पहिलो रोजाईमा नेपाल लाईफ कम्पनी परेको छ। यस कम्पनीको १० लाख ६५ हजार कित्ता शेयर ६० करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भयो।

यसैगरि एनआईसी एशिया बैंक ५२ करोड ३५ लाख, हिमालयन डिष्टिलरी ४८ करोड ४६ लाख, एनएमबि बैंक ४२ करोड ५८ लाख, नेपाल बैंक २१ करोड ५१ लाख, शिवम् सिमेन्ट २१ करोड ३८ लाख, नबिल बैंकको २० करोड ६ लाख, ग्लोबल आईएमई बैंक १९ करोड ४० लाख, प्रभु बैंक १८ करोड ९ लाख, र एभरेष्ट बैंकको १५ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ।

एनएमबि बैंकको सबैभन्दा धेरै कित्ता शेयर कारोबार

यस साता एनएमबि बैंकको सबैभन्दा बढी १० लाख ६५ हजार कित्ता शेयर खरीद बिक्री भएका छन्। यसैगरि एनआईसी एशिया बैंकको १० लाख १७ हजार, नेपाल बैंक ८ लाख ६० हजार, प्रभु बैंक ७ लाख ८८ हजार, ग्लोबल आईएमई बैंक ७ लाख ४८ हजार, नेपाल लाईफ ५ लाख ६२ हजार, एनसीसी बैंक ५ लाख ३० हजार, मेगा बैंक ४ लाख ८८ हजार, नेपाल बंगलादेश बैंकको ४ लाख ३० हजार, र सानिमा बैंकको ४ लाख २२ हजार कित्ता शेयर खरीद बिक्री भएको हो।

कारोबार संख्याको आधारमा नेपाल लाइफको सबैभन्दा धेरै ४ हजार ४३९ पटक खरीद बिक्री हुँदा एनएमबि बैंक र एनआईसी एशिया बैंकको पनि ३ हजार बढी पटक कारोबार भयो। यस्तै हिमालयन डिष्टिलरी, ग्लोबल आईएमई, नबिल, नेपाल बैंक, प्रभु बैंक, शिवम् सिमेन्ट र मेगा बैंकको पनि १ हजार ५०० देखि २ हजार ८०० पटकको कारोबार भएको हो।

जीबन बीमा सूचक सबैभन्दा बढी घट्यो

सातामा जीबन बीमा सूचक सबैभन्दा बढीले घटेको छ । जीबन बीमा सूचक १२.६१ प्रतिशतले घट्दा निर्जीबन बीमा पनि जीबन बीमालाई पच्छ्याउँदै १२.२६ प्रतिशतले घटेको छ।

यसैगरि अन्यको सूचक सातामा सबैभन्दा कम ४.०३ प्रतिशतले घटेको छ।