पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी

0
Shares

पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई सचेत गराएको छ । यदि पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिने उसको चेतावनी छ।

नेपालमा अहिलेसम्म तीनवटा कोरोना संक्रमित केस देखिएको छ । तीनवटै केस विदेशबाट आएका छन् ।

नेपालमै भने कोरोना संक्रमित अहिलेसम्म पाइएको छैन । सोही कारण डब्लुएचओले पहिलो चरणमै कोरोनाको संक्रमण रोक्न नेपाललाई विशेष आग्रह गरेको हो ।

इटाली, स्पेन र भारतमा देखिएको लापरबाहीले कोरोना भाइरस चरण चरणमा प्रवेश गरेको उसको भनाइ छ । पछिल्लो समय इटाली र स्पेनमा दैनिक सात सयको मृत्यु हुँदै आएको छ । दुवै देशले चीनलाई उछिनिसकेका छन् ।

विदेशबाट आएकाबाट पहिलो चरणमा फैलिएको कोरोना भाइरसलाई फैलिएको आधारमा विश्व स्वास्थ्य संगठनले चार चरणमा वर्गीकरण गरेको छ ।

पहिलो चरण– बिदेशबाट आएकाहरूमा मात्र कोभिड–१९ पोजेटिभ देखिएकोमा दोस्रो चरणमा उनीहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र देखिएको थियो । तेस्रो चरणमा भने कहिँ कतै नगएका र विदेशबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकालाई कोरोना पोजेटिभ देखिने चरणमा पुग्ने बताइएको छ । चौथो चरणमा महामारीको रुपमा फैलिने भविष्यवाणी गरिएको छ ।

चीन र इटाली चौथो चरणबाट गुज्रीरहेको विश्व स्वास्थ्य संगठनको विश्लेषण छ । भारत तेस्रो चरणमा प्रवेश गर्दै गरेको अवस्था छ ।