ब्याजदर घटेपनि भारतीय शेयर लगानीकर्ताको मनोबलमा सुधार आउन सकेन

0
Shares

भारतीय केन्द्रीय बैंक (आरबीआई) ले हालसम्मकै उच्च दरमा ब्याजदर घटाएपनि कोरोना संक्रमणको बढ्दो त्रासका कारण भारतीय लगानीकर्ताको मनोबलमा शुक्रबार पनि सुधार आउन नसकेको देखिएको छ।

रिजर्भ बैंक अफ इण्डियाले रिपो तथा रिभर्स रिपोको रेट करिब एक प्रतिशतले घटाएपनि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा नदेखिएको हो । कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प जस्तै भएकाले लगानीकर्ताको मनोबल बैकिङ क्षेत्रको नीतिगत सुधारले मात्र बलियो हुन नसकेको हो ।

भारत सरकारको राहत कार्यक्रममा कारण यो साताका पछिल्ला तीन दिनमा शेयर बजारमा सुधार आएको भएपनि शुक्रबार त्यसले निरन्तर पाउन सकेन ।
समान्य बैंकिङ्ग क्षेत्रकको ब्याजदरमा कमी आउँदा शेयर बजारमा सुधार आउने विश्वव्यापी अभ्यास रहँदै आएको छ । तर, अहिले कोरोना भइरसका कारण विश्व अथतन्त्र्र नै समस्या पर्नसक्ने भएपछि शेयरमा लगानी गर्दा झनै जोखिम बढ्ने आंकलन गर्दै लगानीकर्ता निरास मनस्थितिमा छन् ।

शुक्रबार भारतीय सेयर बजार मुख्य भनिएका बम्बई स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्स १३१ अंकले घटेको छ । यो सातामा मात्र सेन्सेक्स करिब ४ हजारले बढेको भएपनि शुक्रबार समान्य अंकले घटेको हो । तर, भारतीय पूँजी बजारको अर्काे मुख्य एक्सचेन्ज नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी भने समान्य अंकले बढेको छ । शुक्रबार निफ्टी १९ अंकले बढेको छ । पछिल्लो ४ दिन निफ्टी करिब २ हजार भन्दा धेरैले बढेको छ ।

शुक्रबार कारोबार सुरु हुँदा देखि सुधारको गतिमा रहेको निफ्टी बन्द हुँदासम्म कायम रह्यो । त्यसैगरी कारोबार सुरु हुँदा देखि घट्दो क्रममा रहेको सेन्सेक्स पनि बन्द हुँदा सम्म निरन्तर घटि नै रह्यो ।

शुक्रबार सेनसेक्स २९ हजर ८१६ अंकमा झरेको छ भने निफ्टी ८ हजार ६६० दशमलव २५ अंकमा पुगेको छ । शुक्रबार भारतीय शेयर बजारमा अधिकाशं बैंकहरुको शेयर मूलयमा सुधार आएको छ।

पछिल्ला दिनहरुमा सरकारले राहत प्याकेज ल्याउने क्रम बढेसंगै अमेरिकी, एशियाली र विश्वभरिका अधिकाशं शेयर बजारमा उच्च सुधार आएको छ ।