नक्कली सेनिटाइजरसहित पक्राउ भन्ने समाचारमा कायाकल्प उद्योगको आपत्ती

0
Shares

 

 

 

 

नेपाल कायाकल्प उद्योगले विभिन्न मिडियामा आएको नक्कली सेनिटाइजर सहित पक्राउ भन्ने समाचारमा आपत्ती जनाएको छ ।

कम्पनीले समाचारमा जनाइए अनुसार कोही पनि पक्राउ नपरेको र सेनिटाइजर नक्कली नभएको बताएको हो ।

कायाकल्प उद्योगबाट उद्योगबाट विभिन्न कस्मेटिक सामाग्रीका उत्पादनका साथै इनस्टैण्ड हेण्ड स्यानिटाइजर रि प्याकिङ हुँदै आएको जनाएको छ ।

कम्पनीले रि प्याकिङ गरेको सेनिटाइजरको लेबलमा प्रिण्ट त्रुटी भइ केही लेवलहरुमा इथानोल (ethanol) हुनुपर्नेमा मिथानोल (methanol) भएको कारणले औषधी व्यवस्था विभागले परिक्षणका लागी प्रयोगशालामा लगेको कुरालाई मिडियामा गलत ढंगले प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

प्रिण्ट गलत भएपनि स्यानिटाइजरको गुणस्तरमा कुनै पनि फरक नभएकाले कोही पनि भ्रममा नपर्न कम्पनीको आग्रह गरेको छ ।

कम्पनीले गरेको ल्याव परिक्षण रिपार्ट अनुसार इथायल अल्कोहल(ethyl alcohal)  नै रहेको हुँदा यसको प्रयोगमा कुनै शंका नगर्न र आफुहरुले प्रिण्ट त्रुटि भएका स्याम्पल हामीले बजारबाट उठाइरहेको जनाएको छ ।

कम्पनीले समाचारमा उल्लेख भएअनुसार कायाकल्प आवुर्वेद फर्माकी सञ्चालिका भनिएकी रिना ओझा पक्राउ भन्ने कुरा गलत रहेको बताएको छ ।

ओझा फार्मेसीसँग सम्बन्धित व्यक्ति नै नभएको हुनाले पक्राउ परेको भन्ने आधारवाहिन तथ्य गलत रहेको भन्दै भ्रमा नमर्न कम्पनीले आग्रह गरेको छ