कुमारी बैंक भन्छ, ‘सबै कर्मचारीले हाँसी खुसी स्वेच्छिक अवकास लिनु भएको हो ‘

0
Shares

कुमारी बैंक व्यवस्थापनले अवकास पाएका कर्मचारीहरुको भिआरएस नेपालको बैंकिङ उद्योगमा अहिलेसम्मकै आकर्षक भएको दाबी गरेको छ ।

बैंक व्यवस्थापनले अवकास पाएका कर्मचारीहरुबाट आएका नकरात्मक टीकाटिप्पणी गलत भएको भन्दै सबै कर्मचारीलाई उनीहरुको इच्छा अनुसार नै २ वर्षको तलब तथा सेवा सुविधा सहितको भिआरएस सहित बिदाई गरिएको बैंकले जनाएको छ ।

नोटबजारसँग कुरा गर्दै बैंकका एक उच्च अधिकारीले भने, ‘अवकास लिनु भएका २८ मध्ये २४ जनाले आफुले चढ्दै आएको गाडी आफैंले लिएर जानु भएको छ । बैंकिङ इण्डष्ट्रीमा नै कुमारी बैंकको जस्तो आकर्षक स्वेच्छिक अवकास योजना अहिलेसम्म देखिएको छैन । यस्तो बेला बैंकको काम कार्वाहीको सम्बन्धमा अनावश्यक टीकाटिप्पणी गर्नु सान्दर्भिक देखिँदैन । बैंकमा कुनै किसिमको विवाद र असन्तुष्टि रहेको भन्ने विषय निराधार हो ।’

‘२ वर्षको भिआरएस सन्तोषजनक भएको अवस्थामा गाडी समेतको सेवा सुविधा लिएर वहाँहरु बैंकबाट स्वेच्छिक रुपमा निस्किए पछि विभिन्न सन्दर्भमा विषयान्तर गरिन खोज्नु दखद विषय हो ।’ अर्का एक उच्च अधिकारीले भने ।

उनका अनुसार पटक पटकको मर्जर तथा विलयबाट बैंकमा कर्मचारीको संख्या बढ्न गएको अवस्थालाई ध्यानमा राख्दै स्वेच्छिक अवकास दिने निर्णय बैंकले लिएको हो ।

केही समय अघि मात्र कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्तिका लागि प्रारम्भिक स्वीकृति समेत आईसकेको अवस्थामा उच्च तहमा थप कर्मचारी आउने भएकाले आकर्षक भीएसआर सहितको अवकास दिइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार भिएसआरको प्रकृया झण्डै एक वर्ष पहिलेदेखि चल्दै आएर अहिले निष्कर्षमा पुगेको हो । बैंकले दिएको भिएसआरको विकल्प अनुसार बाहिरिने २८ जनाको निर्णयलाई बैंकले चैत गते स्वीकृत गर्दै सञ्चालक समितिले चैत ८ गते अनुमोदन गरेको थियो ।

कुमारी बैंक छाड्नेहरुको सूची यस्तो छ

– राजीव गिरी, सहायक प्रमुख कार्यकारी अधिकृत
– उमेश सिंह भण्डारी, सहायक प्रमुख कार्यकारी अधिकृत
– अम्बिर मान सिंह, नायब महाप्रबन्धक
– नरेन्द्र छत्कुली, वरिष्ठ प्रबन्धक एवं कम्पनी सचिव
– राजेश श्रेष्ठ, वरिष्ठ प्रबन्धक एवं प्रमुख कार्यकारी अधिकृत, कुमारी क्यापिल
– बिनोद नरसिंह श्रेष्ठ, कामु वरिष्ठ प्रबन्धक
– विश्व रेग्मी, प्रबन्धक एवं रिटेल हेड
– रेना रिजाल, प्रबन्धक एवं डिपोजिट हेड
– निर्मल कुमार खतिवडा, प्रबन्धक एवं सञ्चालन जोखिम तथा अनुपालन प्रमुख
– सन्जिव सैंजु, प्रबन्धक एवं रिकभरी हेड
– नमिता शाक्य, नायब प्रबन्धक एवं अपरेशन हेड
– सिपा रेग्मी, नायब प्रबन्धक एवं कर्पोरेट कम्युनिकेशन हेड
– पंकज राणा, नायब प्रबन्धक एवं कार्ड डिपार्टमेण्ट हेड
– विश्वासराज अर्याल, नायब प्रबन्धक (कर्पोरेट आरएम)
– मननकृष्ण श्रेष्ठ, कामु नायब प्रबन्धक एवं शाखा प्रबन्धक, ठहिँटी)
– दिनेश निधी तिवारी, सहायक प्रबन्धक (रिकभरी)
– अभिषेक अधिकारी, सहायक प्रबन्धक एवं शाखा प्रबन्धक, भैरहवा
– जगत बहादुर थापा, सहायक प्रबन्धक एवं प्रबन्धक, बाँसगढी, बर्दिया
– कञ्चन शर्मा, सहायक प्रबन्धक एवं अपरेशन इन्चार्ज, पुतलीसडक
– खगेन्द्र सिग्देल, सहायक प्रबन्धक एवं शाखा प्रबन्धक, इटहरी
– निलम कुमार मास्के, सहायक प्रबन्धक
– सरीता दवाडी, सहायक प्रबन्धक एवं रिकन्सिलेशन हेड
– सुरेन्द्र लुनीया, सहायक प्रबन्धक एवं शाखा प्रबन्धक, जोरपाटी
– विष्णु प्रसाद खनाल, कामु सहायक प्रबन्धक, पाल्पा शाखा
– सुवास प्रसाद शर्मा, कामु वरिष्ठ अधिकृत, पाल्पा शाखा
– सुवास श्रेष्ठ, वरिष्ठ अधिकृत एवं शाखा प्रबन्धक बूढानिलकण्ड
– अनिल बज्रचार्य, वरिष्ठ अधिकृत, आरएम गोंगबु शाखा
– सुशीला तिवारी, वरिष्ठ अधिकृत