कोरोना फैलिएका देशबाट आफ्ना नागरिक फिर्ता ल्याउन सर्वोच्चको आदेश

कोरोना फैलिएका देशबाट आफ्ना नागरिक फिर्ता ल्याउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो। कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिक फिर्ता ल्याइरहेको सन्दर्भमा यस्तो आदेश दिएको हो।

कोरोना महामारी फैलिएका देशमा रोजगारीमा रहेका नेपालीहरुको अवस्थाबारेको प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले सरकारलाई भनेको छ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहीबार १७ : २८ बजे