कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपपछि अस्ट्रेलिया लकडाउन हुँदा ७ लाख ८० हजारले रोजगारी गुमाएका छन्।
अस्ट्रेलिया सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार गत मार्च १४ देखि अप्रिल ४ सम्मको अवधिसम्म अस्ट्रेलियामा पुरा रोजगार गरिरहेका मानिसमध्ये ६ प्रतिशतको जागिर गुमेको छ।
अस्ट्रेलियाको तथ्यांक विभागका अनुसार फेब्रुअरी २० सम्ममा अस्ट्रेलियामा १ करोड ३० लाख मानिस रोजगार थिए।
तर कोरोनाको त्रासपछि व्यापार र व्यवासाय ठप्प भएपछि त्यहाँ ७ लाख ८० हजार बेरोजगार हुन पुगे। भिक्टोरिया र तास्मनीया क्षेत्रमा धेरै रोजगार कटौती भएको विभागको भनाइ छ।
प्रतिक्रिया