अर्थको अर्थ प्रशारण सुरु भएको २६ वर्ष पूरा

0
Shares

नेपालको पहिलो आर्थिक टेलिभिजन कार्यक्रम अर्थको अर्थ प्रशारण सुरु भएको आजदेखि २६ वर्ष पूरा गरि २७ औं वर्षमा प्रवेश गरेको छ ।

आइबिएन मिडिया एन्ड रिसर्च प्रा.लि.द्वारा उत्पादित यो कार्यक्रम हरेक साताको आइतबार बेलुकी ९ः३० बजे नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने आर्थिक घटनाहरु यस कार्यक्रमका मुख्य विषयबस्तु हुन । यसका साथै मुलुकमा हुने विभिन्न आर्थिक विकृती, विसंगति, विकास निर्माणमा हुने ढिला सुस्तीलाई पनि उत्तिकै महत्वका साथ उजागर गर्दै आएको प्रमुख कार्यक्रम निर्माता ह्दयराज गौतमले जानकारी दिए।

पछिल्ला केही वर्ष यता बदलिदो समय र परिस्थिती अनुसार नागरिकलाई तत्काल विश्वासनिय आर्थिक समाचार पस्कने हेतुले www.arthakoartha.com नामक अनलाईन मिडिया पनि संचालनमा ल्याएका र यसले हाम्रो पत्रकारितालाई थप छिटो र फराकिलो बनाएको अनुभुति गरेको गौतमले बताए।

२६ वर्ष पूरा गरि २७ औं वर्षमा प्रवेश गरेको अवसरमा अर्थको अर्थले आफ्ना दर्शक, पाठक, विज्ञापनदाता एवं अन्य सरोकारवाला निकायहरुप्रति आभार प्रकट आगामी दिनमा कार्यक्रम र अनलाईन मिडियालाई थप परिस्कृत गर्दै अघि बढ्ने प्रण गरेको छ।