प्राइम लाइफले आफ्ना सबै कर्मचारीको ‘कोभिड बिमा’ गर्ने

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सबै कर्मचारीको ‘कोरोना बिमा’ गर्ने घोषणा गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) को सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बिमा समितिले ल्याएको ‘कोरोना बिमा’ गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले प्रति व्यक्ति एक लाख रुपैयाँ बराबर बीमाङ्कको बिमा गर्ने भएको छ।

समितिले कोरोनाको आर्थिक जोखिमलाई मध्यनजर गर्दै न्यून आर्थिक अवस्था भएका र कोरोना विरुद्ध फ्रन्टलाइनमा बसेर काम गर्ने सुरक्षा निकाय, स्वास्थ्य लगायतका जोखिम युक्त क्षेत्रमा रहेर काम गर्नेहरूका लागि भनेर ल्याएको हो।