बलिउड अभिनेता इरफान खानकोे ५४ वर्षको उमेरमा निधन

0
Shares


भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा मृत्यु भएको छ। बुधबार बिहान ५४ वर्षीय खानको मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको ’द हिन्दूस्तान टाइम्स’ले जनाएको छ ।

इरफानले अभिनय गरेको फिल्म ’पिकु’का निर्माता र निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन्।

५४ वर्षीय खानले दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

सन् २०१८ मा न्यूरो इंडोक्राइन ट्यूमर देखिए पछि उनि उपचारको लागि लन्डन गएका थिए । उपचार पश्चात सन् २०१९, अप्रिलमा उनि भारत फर्किएका थिए । भारत आइसकेपछि उनले नियमित रुपमा कोकिलाबेन धीरूभाई अम्बानी हस्पिटलमै चेक जाँच गर्ने गरेका थिए।

इरफानले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच बा‘क्स’, ‘पीकू’, ‘तलवार’, ‘हिंदी मीडियम’ जस्ता सफल फिल्महरुमा अभिनय गरेका छन् । उनले ‘पान सिंह तोमर’ बाट राष्ट्रिय पुरस्कार पाएका छन् भने भारत सरकारले दिने चौथो ठुलो सम्मान पद्मश्री पनि प्राप्त गरिसकेका छन् ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानले अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। गत शनिबार उनकी आमाको निधन भएको थियो।