महिन्द्रा अग्नि ग्रुपको भोलिदेखि तीन दिने अनलाइन फिटनेस कार्यक्रम

0
Shares

अग्नि ग्रपले अनलाइन सेवामार्फत् आजकल मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ ।

जसअन्तर्गत आगामी तीन दिन आमनागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन हार्दिक आग्रह गर्दछ ।

यो कार्यक्रम भोलि वैशाख १९ शुक्रबार देखि २१ गते आइतबारसम्म (हरेक दिन ४ बजेदेखि ५ बजेसम्म) सञ्चालन हुनेछ ।

यो प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्नेछ । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाद्वारा यो कार्यक्रमको सञ्चालन हुनेछ ।

अग्नी ग्रपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन)मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।