आठ अर्बको आईपीओ ल्याउन लागेको बैंकको नाफा २० प्रतिशतले बढ्यो

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले सो अवधिमा ५९ करोड ६४ लाख २८ हजार खुद नाफा गरेको छ ।

गत वर्ष यसै अवधिसम्म कम्पनीको नाफा ४९ करोड ६७ लाख ९८ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले २० प्रतिशत बढी नाफा गरेको हो ।

सर्वसाधारणका लागि ८ अर्ब बराबरको आईपीओ ल्याउन लागेको कम्पनीको हाल १२ अर्ब चुक्तापूँजी रहेको छ ।

कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष १४२ प्रतिशत बढी १ अर्ब ४९ करोड २ लाख कायम छ । निक्षेप संकलन यस वर्ष २५ करोड भएको छ भने कर्जा प्रवाह ५८ करोड २९ लाख ६२ हजार छ ।

कम्पनीले विभिन्न क्षेत्रमा १२ करोड ५८ लाखभन्दा बढी लगानी गरेको बताएको छ ।

यस वर्ष ९२ करोड ७६ लाखभन्दा बढी खुद व्याज आम्दानी गरेको कम्पनीको सञ्चालन मुनाफा भने ८५ करोडभन्दा बढी छ । गत वर्ष कम्पनीको सञ्चालन मुनाफा ७० करोडभन्दा बढी थियो ।