नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक अवधिसम्ममा एक करोड ६३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ८३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा सुधार भएसँगै लघुवित्तको खुद नाफा बढेको हो।
चैत मसान्तसम्म २१ करोड ७८ लाख रुपैयाँ निक्षेप तथा ९३ करोड ५४ लाख रुपैयाँ सापटीबाट १ अर्ब २२ करोड ७५ लाख रुपैयाँ कर्जा परिचालन गरेको लघुवित्तले ४ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १ करोड ४५ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ३० लाख छ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि बढेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६३ पैसा कायम भएको छ। जसकोे प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६७ पैसा छ भने मूल्य आम्दानी अनुपात ३८.५६ गुणा रहेको छ। लघुवित्तको निष्क्रिय कर्जा २.४० प्रतिशत छ।
लघुवित्तको चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३ करोड ७९ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया