थप २ जनामा भेटियो कोरोना संक्रमण, नेपालमा कुल संख्या २१९ पुग्यो

0
Shares

नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित बाँके नेपालगंजका ३६ वर्षिय पुरुष र  कपिलवस्तुका २२ वर्षिय हुन् ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्ज–८ का ३६ वर्षिय पुरुषमा कोभिड–१९ पोजिटिभ पाइएको हो ।

त्यस्तै रााष्ट्रिय अनुसन्धान प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका २२ वर्षिय पुरुषमा कोभिड–१९ पोजिटिभ पाइएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई सय १९ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले उनको अवस्गथा सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।