बाँकेमा एकैदिन ४७ जना कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमितको संख्या ३५७

बाँकेमा एकैदिन ४७ जना कोरोना संक्रमित भेटिए, नेपालमा संक्रमितको संख्या ३५७

बाँकेमा आजै एकैदिन बाँकेका मात्रै ४७ जना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके जिल्लामा ४७ र बाँकी अन्य ठाउँमा ६ गरी ५३ मा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर संक्रमितको संख्या ३५७ पुगेको छ। हालसम्म नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भइसकेका छन् ।

 

 

प्रकाशित मिति: ५ जेठ २०७७, सोमबार १६ : २८ बजे