नयाँ नक्सा, सत्यमेव जयते र भारतको पहिलो जवाफ : संशोधित नक्सा अस्वीकार गर्ने

0
Shares

नेपालले भारतद्वारा अतिक्रमित भूमिलाई समावेश गरेर जारी गरेको राजनीतिक नक्शा भारतले अस्वीकार गर्ने बताएको छ । नेपालले नयाँ राजनितिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरे पछि पहिलो पटक जवाफ फर्काउँदै भारतले यस्तो भनेको हो ।

नेपालले आजै मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो। नेपालले नयाँ नक्सा जारी गरेकै दिन नेपाल सरकारको यो कदमलाई भारतले असहमति जनाएको छ ।

भारतका विदेश मन्त्रालका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्यमा आधारित नभएको र एकतर्फी रुपमा जारी गरेको बताएका छन् ।

श्रीवास्तवले नेपालको यो कार्य द्विपक्षीय कूटनीतिक वार्ताका माध्यमद्वारा हल गर्ने पूर्व प्रतिवद्धताको पनि विपरीत भएको भन्दै नेपालले कृत्रिम विस्तारलाई भारतले स्वीकार गर्न नसक्ने बताएका छन् ।

त्यस्तै विज्ञप्तिमा ‘भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्दै सीमा मामिलाको समाधान कुटनीति पहलबाट गर्ने वातावरण बनाउन भारत आशावादी छ । विज्ञप्तिमा भनिएको छ ।