कुमारी बैंकद्धारा सहारा नेपाललाई सहयोग

0
Shares

कोरोना भाइरस नियन्त्रण र रोक्थामका लागि सरकारले देशब्यापी लकडाउन घोषणा गरेको कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई कुमारी बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत देशको विभिन्न स्थानहरुमा सहयोग गर्दै आइरहेको छ ।

यसैक्रममा कुमारी बैंकको चन्द्रगढी शाखाले ुएकका लागि एकु अभियानका साथ झापा जिल्लामा क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहारा नेपालको नेत्रितोमा रहेका विविन्न संसन्थालाई १००० किलो खाद्य हस्तान्तरण गरेको छ ।

यहि बुधवार चन्द्रगढी शाखाका शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपाल संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरे ।

कोरोनाको प्रकोपलाई फैलन नदिने र क्वारेन्टाइन व्यवस्थापन लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना शाखा र एटिएम मार्फत निरन्तर बैंकइङ सुभिधा प्रदान गरी रहेको छ ।