नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६

0
Shares

शुक्रबार साँझ थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बारामा नयाँ संक्रमित फेला परेका हुन्। यो सहित संक्रमित हुनेको कूल संख्या ५१६ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र किटजन्य रोग तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा ७ जना नयाँ संक्रमित फेला परेका हुन्।

आज मात्रै सङ्क्रमित हुनेको सङ्ख्या ५९ पुगेको छ । यसअघि बिहान ३० जना र दिउँसो २० जनामा सङ्क्रमण देखिएको थियो ।

अहिलेसम्म ७० जना पूर्णरुपमा सञ्चो भई घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।