सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखा आजदेखि नियमित सञ्चालनमा

0
Shares

सिद्धार्थ इन्स्योरेन्स (SIL) को कमलादी शाखा आजदेखि नियमित सञ्चालनमा आएको छ।  कम्पनीको एक कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टि भएपछि उक्त शाखा सिल गरि पूर्ण रुपमा बन्द अवस्थामा रहेको थियो।

सरकारले तोकेको मापदण्ड अनुसार सरसफाइ तथा संक्रमण रहित बनाउने कार्य सम्पन्न भैसकेकाले आइतबारदेखि विमितहरुले पूर्ववत रुपमा सेवा लिनसक्ने कम्पनीले जनाएको छ।

हाल संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको तथा अस्पतालमा उपचार भैरहेको छ। संक्रमित कर्मचारीको सम्पर्कमा आएका उक्त शाखाका अन्य कर्मचारीमा पीसीआर परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको कम्पनीले जनाएको छ।

कोभिड महामारी पश्चात कम्पनीले सीमित संख्याका कर्मचारीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो। विषम परिस्थितिमा समेत पैभावकारी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।