आइतबार १९ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमित ६०३ पुगे

0
Shares

आइतबार १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १९ जनामा कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

हालसम्म ५२४ पुरुष र ७९ महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रलायने जनाएको छ । हालसम्म ४२ जिल्लामा कोरोना फैलिएको छ ।

कोरोना संक्रमण निको हुनेको संख्या ८७ पुगेको छ भने ३ जनाको मृत्यु समेत भएको छ।

  • संक्रमित ६०३ मध्ये प्रदेशगत रुपमा यस्तो छ तथ्याङ्क

-प्रदेश नम्बर १ का ७ जिल्लामा ८६ जना

-प्रदेश नम्बर २ का ८ वटै जिल्लामा १७९ जना

-वाग्मती प्रदेशका ११ जिल्लामा ३४ जना

-गण्डकीका ३ जिल्लामा ५ जना

-प्रदेश नम्बर ५ का ७ जिल्लामा २८१ जना

-कर्णाली प्रदेशका २ जिल्लामा ४ जना

-सुदूरपश्चिम प्रदशेका ४ जिल्लामा १४ जना