मुलकको आर्थिक वृद्धि खुम्चिए पनि गरिबी भने घट्ने सरकारको दाबी

0
Shares

सरकारले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर खुम्चिए पनि गरिबी घट्ने दाबी गरेको छ।

नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६.६ प्रतिशतमा झरेको सरकारको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदसमक्ष पेश गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा गरिबी घटेको जानकारी गराउँदै आर्थिक बृद्धिदर २.३ प्रतिशतमा सिमित रहने अनुमान सार्वजनिक गरेका छन् ।

आर्थिक वर्ष २०७४/७५ का अन्त्यसम्म १८.७ प्रतिशतमा रहेको निरपेक्ष गरिबीमुनिको जनसंख्या २०७६/७७ मा करिब १६.६७ प्रतिशत रहने अनुमान रहेको अर्थमन्त्री खतिवडाले बताए।

अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका कोभिड १९ को कारण नेपालको आर्थिक बृद्धिदर खुम्चने प्रक्षेपण गरेका हुन् ।

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।सरकारले भने विभागको भन्दा ०।०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो।

यो वर्ष नेपालीहरुको प्रतिव्यक्ति आम्दानी औसतमा १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यो १०८५ अमेरिकी डलर हो ।