सुन, मदिरा र सुर्तीजन्य पदार्थको भन्सार दर बढ्यो, मूल्य भोलिदेखि नै बढ्ने

0
Shares

आगामी आर्थिक वर्षमा सुन, मदिरा र सुर्ती सबैको मूल्य बढ्ने भएको छ।

बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुन, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने बताए। ती वस्तुको आयातमा सरकारले भन्सार दर वृद्धि गरेकाले मूल्य बढ्ने भएको हो।

बजेट आगामी आर्थिक वर्षका लागि भए पनि भन्सार दरमा गरिएको फेरबदल तत्काल लागू हुने प्रावधान बमोजिम ती बस्तुको बढेको मूल्य भोलिदेखि नै लागू हुनेछ।

यस्तै सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ ।  इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।