स्थानीय पूर्वाधार विकास बजेट ४ अर्बले घट्यो, एक सांसदलाई चार करोड

0
Shares

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले उक्त कार्यक्रमका लागि ६ अर्ब ६० करोड रकम विनियोजन गरिएको संघीय संसदलाई जानकारी गराएका छन् ।

जसअनुसार प्रत्येक निर्वाचन क्षेत्रलाई ४-४ करोडका दरले विनियोजन हुनेछ । गत आर्थिक वर्षमा उक्त रकम प्रत्येक निर्वाचन क्षेत्रमा ६-६ करोड रुपैयाँ थियो ।

उक्त रकमले सबै निर्वाचन क्षेत्रमा समान रूपमा विकास कार्य अगाडि बढाउने रहेको अर्थमन्त्री खतिवडाले बताए ।

यसरी छुट्याइएको रकम गतवर्ष करिब १० अर्ब थियो । यो वर्ष भने करिब ४ अर्बले कमी आएको छ ।

बजेट निर्माणका क्रममा यसरी विनियोजन गरिएको रकम दुरुपयोग हुने भन्दै सांसदलाई रकम नदिन आवाज उठेको थियो । समानुपातिक र राष्ट्रिय सभाका सांसदले प्रत्यक्ष निर्वाचित सांसदलाई रकम विनियोजन गर्न नहुने बताउँदै आएका छन् ।