डिम्याट तथा मेरो शेयर नवीकरण अनलाइनबाटै गर्न सकिने

0
Shares

एनआईबीएल एस क्यापिटल लिमिटेडमा आफ्नो डिम्याट खाता र मेरो शेयर भएका ग्राहक महानुभावहरुको वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सकिने भएको छ । क्यापिटलले आफ्ना ग्राहकहरुलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था गरेको हो ।

क्यापिटलले व्यवसाय एवं स्टार्ट अपहरूलाई कोभिड–१९ बाट परेको प्रभावको लेखाजोखा, सम्भाव्यताको अध्ययन, विकल्पहरूको सुझाब र पुँजी व्यवस्थापन समेतमा सहयोग प्रदान गर्ने उद्देश्यले नयाँ दुई थरी एडभाइजरी प्रडक्ट समेत सञ्चालनमा ल्याएको छ ।

महामारी बीच व्यवसायलाई थप विस्तार एवं विविधीकरण गर्दै परामर्श प्रधान सेवाहरू सञ्चालनमा ल्याएको हो । यस अन्तर्गत बिजनेस एसेसमेन्ट एन्ड इम्प्याक्ट एनालाइसिस नामक सेवाले ग्राहकलाई उनीहरूको व्यवसायमा महामारीको प्रभावको लेखाजोखा, विश्लेषण र परामर्शको सेवा दिनेछ । यसले ग्राहकलाई व्यवसाय जोगाउन चाल्नुपर्ने कदम, विविधीकरण एवं नवप्रवर्तनका सम्भावना देखाइदिनेछ ।

साथै, व्यवसायको पुँजी जुटाउन र तत्कालीन समस्याको समाधानमा विकल्पहरूको खोजीमा समेत सहयोग गर्ने उद्देश्यले स्टार्टअप सेटअप एन्ड क्यापिटल फन्डिङ नामक सेवा ल्याएको छ । यो सेवाले ग्राहकलाई पुँजी जुटाउन, बजारको लेखाजोखा एवं वित्तीय सम्भाव्यताको अध्ययन गर्नमा सघाउ पु¥याउनेछ ।

एनआइबिएल एस क्यापिटलले अहिले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवनबिमा, निर्जीवन बिमा, माइक्रो फाइनान्स र जलविद्युत् कम्पनीहरूलाई आइपिओ, एफपिओ बिक्री प्रबन्ध तथा व्यवस्थापनको सेवाका साथै परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

क्यापिटलले हाल एनआइबिएल समृद्धि कोष–१, एनआइबिएल प्रगति फन्ड, नेपाल एनआइबिएल सहभागिता फन्ड जस्ता कोषहरूको प्रबन्ध एवं पोर्टफोलियो म्यानेजमेन्ट सेवा पनि दिइरहेको छ । एनआइबिएल एस क्यापिटल सेयरबजार तथा लगानी प्रबन्धको एउटा अग्रणी व्यावसायिक स्थापित संस्था हो ।