लोक सेवाको अन्तर्वार्तामा सहभागी हुन पिसिआर रिपोर्ट अनिवार्य

0
Shares

लोक सेवा आयोगको अन्तर्वार्तामा सहभागी हुन पीसीआर रिपोर्ट अनिवार्य बुझाउनु पर्ने भएको छ।

आयोगले मंगलबार एक सूचना सार्वजनिक गर्दै अन्तर्वार्ताको सूचीमा रहेकाले कोरोना भाइरसको परीक्षण गराएको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने उल्लेख गरेको हो।

आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को अन्तर्वार्तामा असार २ गतेदेखि २६ गतेसम्म संचालन गर्देछ । सो परीक्षामा सहभागी हुने उम्मेद्वारलाई अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउन भनेको छ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार, काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने छ ।

काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउनमा उपत्यका बाहिर गई आएका उम्मेद्वारहरूले अन्तर्वार्ता अगावै आफ्नो पिसिआर परीक्षण गराई सो को सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउनु पर्नेछ,’ आयोगले निकालेको सूचनामा भनिएको छ।

कोरोना परीक्षणमा कुनै समस्या आइपरेमा आयोगका उपसचिव सन्तोष दाहाललाई ९८५१०९६११८ नम्बरमा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख छ।