नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जेठ २० मा पाल्पाका एक व्यक्तिको मृत्यु भएको र उनको परीक्षणमा कोरोना पोजेटिभ आएको जानकारी दिइएको हो।
४५ वर्षीय उनी ५ दिनअघि भारतबाट आएको समेत उनले जानकारी दिए। उनको पाल्पाको मिसन अस्पातलमा मृत्यु भएको थियो।
उनको स्वास्थ्यमा अन्य समस्याका साथमा स्वास्प्रस्वासमा समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना भएका थिए।
प्रतिक्रिया