अपि पावरको नाफामा वृद्धि, पछिल्लो तीन महिनामा बढायो २५ लाख नाफा

0
Shares

अपि पावर कम्पनी (API) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आफ्ना खुद नाफा २४ लाख २४ लाख ८९ हजार रुपैयाँले खुद नाफा बढाएको छ।

गत पुससम्म ४ करोड २८ लाख ७३ हजार कमाएकोमा चैत मसान्तसम्ममा ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा ४ करोड ५२ लाख १२ हजार रुपैयाँले बढी हो।

गत आवको यसै अवधिमा १ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा आजन गरेको थियो। सो समयमा कम्पनीले विद्युत उत्पादन नथालेकाले अन्य आम्दानीले मात्रै गर्दा खुद नाफा न्यून रहेको थियो।

विद्युत बिक्री मार्फतको आम्दानी बढेसँगै कम्पनीको नाफामा बढोत्तरी देखिएको हो। यस अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत् २२ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । पछिल्लो तीन महिना (पुसदेखि चैतमा) मा १० करोड ६८ लाख ६४ हजारले बढाएको हो।

चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुर्याएको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४.०३ रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा २ करोड ९८ लाख रुपैयाँ सञ्चित गरेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ९९ पैसा छ ।