भोलिदेखि लकडाउन सहज गराउने सरकारको निर्णय, यस्ता छन व्यवस्था

0
Shares

सकारले भोलिदेखि लकडाउन केहि खुकुलो बनाउने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सुरक्षा मापदण्ड अपनाएर लकडाउन सहज बनाउने निर्णय गरेको हो।

बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने साथै निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय  भएको एक मन्त्रीले जानकारी दिए। निजी सवारीसाधन चालाउन पाइने भएपनि सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।  

रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र)  खुला गर्न पाउने भएका छन् ।  सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गर्ने तयारी सरकारको छ । लकडाउन खुकुलो बनाएपनि शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ।

यस्तै, विदेशमा रहेका नेपाली उद्दारका लागि आन्तरिक वायुसेवा कम्पनीलाई प्राथमिकतामा राख्ने निर्णय पनि सरकारले गरेको छ।

चौतर्फी रुपमा लकडाउन खुलाउनु पर्ने आवाज उठिरहेका बेला आर्थिक कृयाकलाप ठप्प प्राय अवस्थामा छ । लकडाउनका कारण आंशिक रुपमा मध्यमवर्गीय तथा अधिकांस निम्नवर्गीय परिवारको जीवनयापन असहज बनिरहेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै सरकारले काठमाण्डौं उपत्यकामा लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । यस सम्बन्धमा बिहीबार ३ बजे पत्रकार सम्मेलन गरी बिस्तृत जानकारी दिने स्रोतले नोटबजारलाई बतायो ।

साथै सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा यस वर्ष नगर्ने निर्णय समेत गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको थियो।