बीमकलाई लिखित जानकारी दिन बीमा समितिको निर्देशन

0
Shares

बीमा समितिले मोटर बीमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गरी बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ।

समितिले निर्जीवन बीमा कम्पनीलाई आज मोटर बीमाको दर निर्देशिकाका बारेमा जानकारी दिँदै गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको घोषणा गरिएको अवस्थालाई दृष्टिगत गरी गत जेठ ६ गते जारी भएको परिपत्र बमोजिम थन्किएको अवधिका बारेमा बीमकलाई पूर्वसूचना दिन भनेको हो।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सोमबारदेखि लकडाउनको ढाँचा परिवर्तन हुने निर्णय भएकाले ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम बीमकलाई पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको हो। समितिले बीमकलार्ई लिखित रुपमा पूर्वसूचना दिई सोही अनुसार गर्न/गराउनु हुन निर्देशन दिएको छ।