निसान गाडीको ‘बाइ नाउ पे लेटर’ अफर, ६ महिनासम्मको ईएमआई र ब्याज पनि तिरिदिने

0
Shares

निसान गाडीले लकडाउनको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘बाइ नाउ पे लेटर’ नामक योजना बजारमा ल्याएको हो ।

योजनाअन्तर्गत् निसान गाडी खरिद गर्दा ६ महिनासम्मको ईएमआई र ब्याज कम्पनीले नै तिरिदिनेछ । साथै गाडीहरू ३० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुनेछन भने यो योजना निसानका सबै गाडीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दाबि गरेको छ। यस योजना स्टक रहने अवधि सम्म लागु हुनेछ र साथै सर्तहरु लागु हुनेपनि कम्पनीको भनाई छ।