सानिमा बैंकले सुरु गर्यो अपाङ्गतामैत्री वेभसाइट

0
Shares

सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेभसाइटको शुरुवात गरेको छ । विगत राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि वेभसाइट उपयोगी हुने बैंकको भनाई छ ।

यस वेभसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पु¥याउने प्रयास गरेको बैंकको भनाई छ।

यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेभसाइट https://www.sanimabank.com/ मा गई दायाँ कुनामा रहेको disability friendly icon click गरी आवश्यक accessibility widget menu मा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्न सकिनेछ ।

यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ । समयक्रमसँगै अन्य अपाङ्गतामैत्रीे सेवा सुविधाहरु थप विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको छ ।
सानिमा बैंकले देशभरका सातै प्रदेशबाट ७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएममार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।