कृषि विकास बैंक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विच सम्झौता

0
Shares

कृषि विकास बैंकले प्रदेश कार्यालय, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा बिच प्रतिष्ठान परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट संचालन गर्ने सम्वन्धमा यहि आषाढ १६ गते एक समारोहका बिच सम्झौता भएको छ ।

आगामी पांच बर्षका लागी भएको उक्त सम्झौतामा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका उपकुलपति प्रा.डा बुद्धि बहादुर थापा र बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक करुणचन्द्र घिमिरेले हस्ताक्षर गरे।

उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुने बैंकले जनाएको छ ।

७७ जिल्लामा एक्सटेन्सन काउण्टर समेत २८० वटा शाखा संजाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारको क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ्ग सेवा संचालन गर्ने लक्ष्य सहित आगामी महिना भित्र उल्लेखित सेवा संचालन गर्ने भएको छ । अस्पतालको विलिङ्ग काउन्टर बैकले संचालन गर्ने भएबाट अस्पतालको सो सेवा समेत अझै प्रभाकारी हुने विश्वास लिईएको छ ।