खानेपानीका इन्जिनियरले १० करोड भष्ट्राचार गर्दा प्राधिकरणका फोरमेनले एक करोड

0
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागका एक इन्जिनियर विरुद्ध १० करोड बढीको भष्ट्राचार मुद्धा दायर गरेको छ ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणका पूर्व फोरमेन विरुद्ध पनि एक करोड बढीको भष्ट्राचार मुद्धा दायर गरेको छ ।

अख्तियारले खानेपानी तथा ढल व्यवस्थापन विभागका अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल, खोटाङ्गमा कार्यरत आयोजना प्रमुख राज कुमार शाक्य (सि.डि.ई) लाई १० करोड बिगो दाबी सहित मंगलबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

शाक्यले सार्वजनिक सेवामा रहदा गैर कानुनी रुपमा गरेको आम्दानी आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद गर्ने, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च र लगानी गर्नुका साथै भान्जीका नाममा समेत जग्गा खरिद गरी लुकाई छिपाई राखेको पाइएको छ ।

त्यस्तै आफू तथा आफ्नो परिवारको नाममा विभिन्न बैँक तथा वित्तिय संस्थाहरुमा खाता खोली मुद्दती निक्षेपमा अवैध रकमहरु राखेको, उक्त मुद्दती निक्षेपहरु परिपक्व नहुँदै सोही मुद्दती निक्षेपको सुरक्षण धितोमा ऋण निकाली अन्यत्र व्यक्तिहरुलाई लगानीसमेत गरेको देखिन आएको आयोगले जनाएको छ ।

आयोगले उनको श्रीमती अल्का शाक्य र भान्जी प्रभा शाक्यसमेतलाई प्रतिवादी कायम गरी विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ।

यसैगरी अख्तियारले नेपाल बिद्युत प्राधिकरणका एक पूर्व कर्मचारी लाई पनि एक करोड बिगो दाबी सहित आयोगले मुद्धा दायर गरेको छ।

प्रधिकरणका फोरमेन पदबाट अवकाश पाएका टहल बहादुर कार्कीले पदमा बहाल रहँदा र १ करोड ९ लाख रुपैयाँ बराबरको सम्पत्ति गैर कानुनीरुमा आर्जन गरेको आयोगले ठहर छ ।