सहकारीमार्फत बेरोजारी समस्याको सम्बोधन हुन्छः मन्त्री अर्याल

0
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कोभिड १९ को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएकी छन् ।

उनले कोभिड १९को महामारीका कारण बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने क्षेत्र सहकारी भएको बताइन् । राष्ट्रिय सहकारी महासंघले ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै मन्त्री अर्यालले भनिन्,‘यो विषयम परिस्थितिमा सहकारीले सिर्जना गर्न सक्ने रोजगारीको अवसरका विषयमा सरकारलाई डाटा दिनुस् । सरकारले सहकारीलाई सबै क्षेत्रमा प्रवेश गर्न आवश्यक पर्ने कानुनमा संशोधन गर्न तयार छ।’ उनले उत्पादन र स्वरोजगार सिर्जना गर्न सक्ने क्षेत्रमा सहकारी प्राथमिकतामा रहेको बताइन् ।

उनले सहकारी स्वनियमानमा अगाडि बढ्नुपर्ने बताउँदै अर्थतन्त्रमा देखिएका गम्भिर चुनौतीको सामना गर्न , नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन, घर घरमा समृद्ध ल्याउनका सहकारीको पैसा उत्पादन क्षेत्रमा परिचालन गर्ने, स्थानीय स्रोत साधानलाई सहकारीमार्फत भावी पुस्तालाई समेत जोगाउन गरी संचालन गर्नुपर्ने बताइन्न् । उनले सो अवसररमा भुमि व्यवस्थामा सरकारले महत्वपूर्ण कार्य गरिरहेको बताइन्न । ‘भूमिमा समाजवादको शुरुवात भएको छ । मानिसको जमिनको स्वामित्वको सुरक्षा गर्ने काम भएको छ ।’

उनले दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि हरेक क्षेत्रमा सहकारीको उपस्थितिको खाँचो रहेको बताइन् । ‘अब एक क्षेत्रमा मात्र सिमित भएर हुँदैन । जनस्तरससम्म पुग्ने, प्रत्येक परिवारका सदस्यम्म पुग्ने सहकारी सबै क्षेत्रमा जानुपर्छ । त्यसका लागि कानुनी अड्चन फुकाइन्छ ।’ उनले भनिन् ।
जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस पटक जलवायु कार्यका लागि सहकारी भन्ने थिमका साथ यो दिवस मनाइएको हो ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गरेका थिए ।

उत्कृष्ट सहकारी पुरस्कार वितरण

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा सहकारी संघ÷संस्था राष्ट्रिय सहकारी पुरस्कारबाट पुरस्कृत भएका छन् । केन्द्रीय सहकारी संघहरुमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय संघ, नेफ्स्कून पुरस्कृत भयो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उत्कृष्ट सककार िपुरस्कार संघका अध्यक्ष परितोष पौडेललाई प्रदान गरिने । पुरस्कार राशी नगद २० हजार रहेको छ ।

त्यसैगरी जिल्लास्तरीय स.घहरुमध्येबाट जिल्ला सहकारी स.घ लि. बाँके पुरस्कृत भएको छ । प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न ५ प्रदेशका सहकारी संस्थालाईलाई सम्मान गरिएको छ । जसमा प्रदेश २ बाट साना किसान कृषि सहकराी संस्था, रौतहट, बागम्ती प्रदेशबाट चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, काठमाडौं, गण्डकी प्रदेशबाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्की, प्रदेश ५बाट जनउत्थान साकोस, रुपन्देही र कर्णाली प्रदेशबाट हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था, सुर्खेत पुरस्कृत भए । संस्थाको वित्तीय अनुशासन, नियमिततालगायतका कार्य हेरेर पुरस्कार प्रदान गरिएको महासंघको पुरस्कार छनोट समितीका संयोजक तथा संचालक खेम पाठकले बताए ।

नमुना कोपसप पवद्र्धनका लागि १५ लाख प्रदान

नमुना कोपसपको संचालन गरिरहेको शुभलक्ष्मी सहकारी संस्था गौराहदह झापालाई राष्ट्रिय सहकारी महासंघले १५ लाख अनुदान पैदान गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले नमुना कोपसको प्रवद्र्धनका लागि अनुदान वापत सो रकम बराबरको चेक हस्तान्तरण गरीन् । उपभोक्ता सहकारीको प्रवद्र्धन गर्ने र कोपसपमार्फत स्थानीय उत्पादनको बजारीकरण, कोप ब्रान्ड स्थापना गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सो अनुदान प्रदान गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताइन् । यस अघि महासंघले भक्तपुरको एक उपभोक्ता सहकारीको प्रवद्र्धनका लागि अनुदान प्रदान गरेको थियो । सहकारी पसल संचालन गर्ने विषयलाई संघीय बजेटले समेत प्राथमिकता दिएको छ ।